उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।
पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे । पहिलाे सेट २०–२५ ले गुमाएकाे नेपालले दाेस्राे सेट २५–१६, तेस्राे सेट २५–१५ र चाैथाे सेट २५–१३ ले जित्याे । याे हारसँगै उज्बेकिस्तान प्रतियाेगितामा चाैथाे भएकाे छ ।
गएकाे शुक्रवार भएको दाेस्राे सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै यसअघिको दुवै संस्करणकाे विजेता नेपाल फाइनल पुग्न असफल भएकाे थियाे । शुक्रवार नै भएकाे पहिलाे सेमिफाइनलमा उज्बेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेकाे थियाे ।
आजै प्रतियाेगिताकाे उपाधिका लागि भारत र काजकिस्तानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरकाे कभर्ड हलमा दिउँसाे ४ बजेपछि सुरु हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएकाे प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Daya r dangol
May 28, 2023, 1:55 p.m.Last time second, thus year third.. next time whi knows🤩