२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

 जेठ १४, २०८० आइतबार १५:५९:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्दै उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् । सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) ले चाहिँ विपक्षीहरूको बहिष्कारलाई लोकतन्त्रप्रतिको अनादर भनेको छ ।

नयाँ संसद् भवन सङ्घीय राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर काेरिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो ।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले संसद् भवन उद्घाटन भएको दिन र भारतीय स्वतन्त्रताको ७५ वर्षको स्मरणलाई अङ्कित गर्ने ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी गर्नुभएको छ । नयाँ चार तले भवनको अनुमानित लागत नाै अर्ब ७० करोड भारतीय रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया