रास्वपा सांसद कंसाकारद्वारा शपथ ग्रहण

 जेठ १५, २०८० सोमबार १६:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कंसाकारले आज सोमवार दिउँसो ३ बजे सिंहदरबारमा रहेको कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंसाकारलाई सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो । 

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठकाे मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया