नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपाले स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।
आज बुधवार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय गरेको जसपाका नेता जयराम यादवले जानकारी दिनुभयो । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कोशीमा एमालेले नेतृत्वको सरकार कायमै छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् । कोशी प्रदेशको सरकार परिवर्तनका लागि माओवादी र जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिन आवश्यक छ ।
यसैबीच कोशी प्रदेशका १४ वटा जिल्लाका नेपाली कांग्रेस सभापतिहरूले प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । १४ जिल्लाका कांग्रेस सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेश सभासँग विशेष आग्रह गरेका हुन् ।
प्रदेश सभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरूले विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्ने बताएका छन् । प्रदेश सभा बैठकले गएको फागुन १७ गते कोशी प्रदेश नामकरणको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।