प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्रीद्वारा स्वागत

 जेठ १७, २०८० बुधबार १६:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका क्रममा भारतकाे नयाँ दिल्ली पुग्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएकाे छ ।

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरू पनि सडकका किनारमा राखिएको थियो ।

चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज बुधवार दिउँसाे काठमाण्डाैबाट प्रस्थान गर्नुभएकाे थियाे । प्रधानमन्त्री प्रचण्डले भाेलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

आजै बेलुकी प्रधानमन्त्री प्रचण्डकाे सम्मानमा नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । आज बेलुकी भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदाे शनिवार स्वदेश फर्किने तालिका रहेकाे छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया