नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – प्रतिनिधि सभाको रेकर्डबाट ‘प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले यो शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले नियमापत्ति गरेका थिए ।
खनालले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैँले भर्खरै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आएँ ।’ त्यसपछि सभामुख घिमिरेले यो शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा त्यो शब्द उच्चारण गरेको भन्दै त्यो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो । त्यसपछि सदन फेरि सञ्चालन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।