नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताउनुभएको छ।
मङ्गलवार आज काठमाण्डाैमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्नँ भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि भारत पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ?’
उहाँले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताउनु भयो । उहाँले ओखलढुङ्गाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनै पनि जिल्लाको विकास कम हुनु नहुने बताउनु भयो । उहाँले ओखलढुङ्गाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरे पनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।