नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसद श्रेष्ठले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै त्यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत राेक्न चेतावनी दिनुभयो । उहाँले दैनिक उपभोग्य खाद्यान्नमा सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै त्याे नीति स्वीकार्य नहुने बताउनुभयो । सांसद श्रेष्ठले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ भनी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौँ भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? आफूले लक्ष्य लिएकाे कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ । नागरिकका लागि अब हामी रोक्छौँ ।’
सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।