नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध कल बाइपासमा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ काठमाण्डौ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियाङपेङ पक्राउ परेका हुन् ।
ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । उनीहरूको साथबाट सिमकार्ड तथा अन्य अवैध उपकरण, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्रा बरामद गरिएको छ ।
एनसेलको प्रयोग गरेका र नगरेका सिम तीन हजार सात सय थान, झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।