नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार लुम्बिनी केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रकाे सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदाे वर्षको बजेटमा समेटेको दाबी गर्नुभयाे । वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एक पटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ । महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रकाे सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदाे वर्षको बजेटमा पनि समेट्ने प्रयास गरेको छ । सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रम ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रूपमा राहतको घोषणा गरेको थियो । वर्तमान सरकार निजी क्षेत्रको साथमा छ । सहकार्य गरेर अघि बढ्न चाहन्छ ।’
प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवम् पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रबन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन, उद्योग व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुरु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो भारत भ्रमणपछि नेपालमा जलविद्युतकाे क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताउनुभयो । आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र बलियाे बन्दै आएको प्रचण्डले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Xyz
June 8, 2023, 9:47 p.m.टिमका भरौटे लाई खान लाउन देऊ मी प राधना मन्त्री! के काे अर्थ8k क्रान्ति? सधैं क्रान्ति गरेर कति जनता मार्छौ