झाेले सांसदलाई वडाध्यक्षकाे तहमा पुर्‍याइदिने बालेन्द्र शाहलाई सलाम : दीपक गिरी

 जेठ २८, २०८० आइतबार १३:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूकाे कुनै हैसियत नभएको भन्दै झोले सांसदको संज्ञा दिनुभयो । 

आज आइतवारकाे प्रतिनिधि सभा बैठकमा सांसद गिरीले सांसदहरूलाई झाेले सांसदकाे संज्ञा दिनुभएकाे हाे । उहाँले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरूलाई वडाअध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै शाहलाई सलाम अर्पण गर्नुभयो ।

सरकारले आउँदाे आर्थिक वर्षकाे बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाण्डाैका मेयर शाहले सांसदहरू वडाध्यक्षकाे तहमा आइपुगेकाे टिप्पणी गर्नुभएकाे थियाे । त्यही प्रसङ्गलाई लिएर सांसद गिरीले भन्नुभयाे, 'म त बालेनजीलाई सलाम गर्छु, उहाँले कमसेकम हामी झोले सांसदहरूलाई वडाध्यक्षको तहमा पुर्‍याइदिनुभयो !'

यस्तै सांसद गिरीले आउँदाे आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभयाे । उहाँले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आउँदाे आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताउनुभयो । तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य बेलायतमा बिहान १० बजेको हुने र ब्रिटिशहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया