प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीकर्तासँगको छलफल सकियो, कार्कीको सुनुवाइ भोलि

 जेठ ३१, २०८० बुधबार १९:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेको छ ।

कार्कीविरुद्ध परेका २९ वटा उजुरीका उजुरीकर्ताहरूसँग एकल र संयुक्त रुपमा छलफल गरेको समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उजुरीकर्तासँग छलफल सकिएसँगै भोलि बिहान आठ बजे प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाउने निर्णय भएको सभापति कार्कीले बताउनुभयो । गएको वैशाख २५ संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको थियो । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको हो । निलम्बनकै अवस्थामा जबराले गएकाे मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।  प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

यसैबीच आज उजुरीमाथिको छलफलमा बोलाइएका उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । आजको बैठकको सुरुमा ज्येष्ठ सदस्यका रुपमा सांसद पशुपति शम्शेर जबराले र जबरा समितिबाट बाहिरिएपछि सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सभापतित्व गर्नुभएको हो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया