नेपाल एअरलाइन्सले ३ महिनामा ४ अर्ब नाफा कमायाे भनेर मन्त्रीले झुट बाेले : प्रेम आले

 जेठ ३२, २०८० बिहीबार १३:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विगत तीन महिनामा नेपाल वायु सेवा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटाे बोलेको दाबी गर्नुभएकाे छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद आलेले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले निगम (नेपाल एअरलाइन्स) को यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किरातीलाई 'स्टन्ट' मन्त्रीको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा एक अर्ब ७० करोड रुपैयाँ देखिएको छ । वायु सेवाको कुल ऋण ५० अर्ब रुपैयाँ नाघिसकेको छ । तर तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झुटो बोलेको सुनियो । के हो यो ? आजको दिनमा नागरिकलाई भ्रम छर्न पाइँदैन । यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् । सकिन्छ भने पर्यटनमन्त्रीले थन्केका जहाजको व्यवस्थापन गरून् ।’ 

बैठकमा मन्त्री आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको बताउनुभयाे । उहाँले पशुपतिकाे मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटनमन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनुभयो । उहाँले गोठाटारको ३१ रोपनी जग्गा बिचौलियाले लिएर अपचलन गरेका बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ripuk

    June 15, 2023, 6:18 p.m.

    This type of bold speach must be raised

  •  0 Reply

तपाईको प्रतिक्रिया