अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

 असार २, २०८० शनिबार ६:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा पद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रायमाझीले सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने नियम छ ।

संसदको यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर दोषी ठहर भए रायमाझीको पदै जान्छ र निर्वाचित क्षेत्रमा उपचुनाव हुन्छ । अभियोग पुष्टि नभएर थुनामुक्त भएपछि त्यसको जानकारी संसदलाई गराउनुपर्ने हुन्छ । त्यसपछि निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई दिनेछन् र निलम्बन फुकुवा हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले हिजो रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।


अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया