बङ्लादेशले अफगानिस्तानलाई ५ सय ४६ रनले हरायो, शान्तोको लगातार दोस्रो शतक

 असार २, २०८० शनिबार १३:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको एकमात्र टेष्ट क्रिकेट बङ्लादेशले ५ सय ४६ रनको अन्तरले जितेको छ । मिरपुरमा ६ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय १५ रनमा अल आउट भयो ।

अफगानिस्तानका रहमात शाहले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले चार र शोरिफुल इस्लामले तीन विकेट लिए । पहिलो पारीमा २ सय ३६ रनको अग्रता बनाएको बङ्लादेशले दोस्रो पारीमा ४ विकेट गुमाएर ४ सय २५ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो ।

बङ्लादेशका लागि पहिलो पारीमा शतक हानेका नजमुल होसिन शान्तोले दोस्रो पारीमा पनि शतक हानेका छन् । यस्तै, मोमिनुल हकले पनि १ सय २१ रन बनाए । अफगानिस्तानलाई ५ सय ४६ रनले हराएर बङ्लादेशले आफ्नो टेष्ट इतिहासको सबैभन्दा फराकिलो अन्तरको जितको रेकर्ड बनाएको छ ।  

यस्तै, टेष्ट क्रिकेटमा यो अहिलेसम्म तेस्रो ठूलो अन्तरको जित हो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hemraj Yadav

    June 17, 2023, 2:17 p.m.

    Lamahi @05

  •  0 Reply

तपाईको प्रतिक्रिया