नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेकाे विवादास्पद शब्दलाई नेपालकाे सेन्सरबोर्डबाट प्रदर्शनकाे अनुमति प्रदान गर्नु अघि नै हटाइएको दाबी गरेकाे छ ।
मन्त्रालयले हिजाे एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय छाेरीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाइसकिएको जनाएकाे हाे ।
मन्त्रालयले सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको त्यस संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाइएका अपत्तिका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'त्यस चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय छाेरीको रूपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाउन लगाइ त्यस पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिइ सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो',विज्ञप्तिमा भनिएको छ ।
चलचित्र 'आदिपुरुष'को जाँचका लागि चलचित्र विकास बोर्डबाट गएकाे जेठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम याे चलचित्रलाई प्रदर्शन अनुमति दिइएको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।