सरकारलाई गोकर्ण विष्टकाे प्रश्न : जुनसुकै देशकाे ठेकेदार र कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

 असार ४, २०८० सोमबार १४:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसद विष्टले आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनुभयाे । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आए पनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्बाध ढङ्गले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ भन्दै प्रश्न गर्नुभयो । उहाँले १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘बिजुलीकाे आन्तरिक खपत बढाउनुपर्ने हो तर आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । एक सय १३ वर्ष लामो बिजुली उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबैले बिजुली प्राप्त गरेका छैनन् । विद्युतीय गाडी, इन्डक्शन चुलोलाई अहिले पनि ठिक ढङ्गले प्रयोग गर्न सकिएको छैन । २०२१ को तथ्याङ्कअनुसार ६० प्रतिशत इन्धनमा आधारित परम्परागत र २७ प्रतिशत डिजल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ । तर बिजुलीकाे प्रयोग ४ दशमलव २ प्रतिशतमात्रै छ । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्बाध ढङ्गले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ ? १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँ/छैनौँ ? हामीले नारा दिएका मात्रै छौँ ?

एमाले सचिवसमेत रहनुभएका विष्टले आन्तरिक खपत बढाउनुपर्ने ठाउँमा बिजुली खेर जाने भयो भनेर उत्पादन बन्द गर्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया