नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाण्डाै–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) काे निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाण्डाै–तराई द्रुत मार्गकाे निर्माण २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीसहित द्रुत मार्गकाे निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै–तराई द्रुत मार्गकाे निर्माण २०८३ सालभित्र सम्पन्न हुन्छ । महँगो नै भए पनि अबकाे तीन वर्षभित्र फास्ट ट्र्याककाे निर्माण गर्ने योजना बनाएका छौँ । छिटो होला भनेर सरकारले नेपाली सेनालाई दिएको हो । विभिन्न कारणले ढिलो भए पनि अहिले काम तीव्ररूपमा अघि बढेको छ ।’
उहाँले सङ्घीयअन्तर्गतका सडकहरूमा पाँच लाख रुपैयाँमात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताउनुभयो । बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदा हुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले प्रत्येक सडकमा पाँच लाख रुपैयाँ विनियोजन भएर आएको उहाँकाे भनाइ छ ।
यस्तै मन्त्री ज्वालाले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट सन्तुलित रहेको दाबी गर्नुभयाे । उहाँले बाहिर चर्चा भएजस्तो सल्यानमा धेरै बजेट नगएको बताउनुभयो । मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।