सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध ३ कराेड रुपैयाँभन्दा बढीकाे भ्रष्टाचार मुद्दा

 असार ४, २०८० सोमबार १७:४१:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 
आयोगले आज साेमवार आरोपी राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिनुभयो । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारीले २०७९ भदौ ३१ गते सेवाबाट अवकाश पाएका थिए । 

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उहाँको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी तीन करोड ८५ लाख ५१ हजार सात सय ४० रुपैयाँ बराबर रहेको छ ।
 
त्यस अवधिमा राजभण्डारीले सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ ।
 
सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक सेवामा रहेर पदको दुरुपयोग गरी गैरकानुनीरूपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ ।
 
आरोपी राजभण्डारी र उहाँका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया