नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिराेमा परेर आज साेमवार दिउँसाेसम्म छ जनाको ज्यान गएकाे छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी छ जनाको ज्यान गएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक जना बालिका रहेका छन् ।
बाढी र पहिराेमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी छ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच गरी २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताउनुभयो । बेपत्ताको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।
बाढी र पहिराेका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मरेका छन् । यस अवधिमा विपद्का घटनाबाट ९७ परिवार विस्थापित भएका छन् । साथै बाढी र पहिराेको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्ने, बाटाेकाे अवराेध हटाउनेलगायतका काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।