मेयर शाह लक्षित मन्त्री शर्माकाे टिप्पणी : 'स्टन्ट' भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ

 असार ६, २०८० बुधबार १९:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै 'स्टन्ट' भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताउनुभएकाे छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै मन्त्री शर्माले दक्षिण भारतीय चलचित्र 'आदिपुरुष' मा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएरमात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियमभन्दा विपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ गते आदिपुरुष भन्ने चलचित्रमा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आ–आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट, भावना र मनोविज्ञानमा खेल्नेभन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

यस्तै मन्त्री शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतैपनि नलेखिएको बताउनुभयाे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको उहाँले बताउनुभएकाे हाे । बजेट संशोधन गरेर जानेबारेमा छलफल भइरहेको पनि उहाँकाे भनाइ छ । 

फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभई स्वास्थ्य उपचारका लागि नै सिङ्गापुर जानुभएकाे बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया