पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द्र विप्लवबीच छलफल

 असार ७, २०८० बिहीबार १२:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।

बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि पार्टी एकता गर्नेबारे छलफल भएको छ ।

गएको सोमवार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा  मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

मोर्चा गठनपछि माओवादी र नेकपा बीच पार्टी एकता हुन सक्ने विश्लेषण हुँदै आएको थियो ।

माओवादीबाट छुट्टिएर अलग्गै पार्टी गठन गरेका नेत्र विक्रम चन्दले पछिल्लो समयमा प्रचण्डको खुला रुपमा प्रशंसा गर्दै आउनु भएको छ ।

जनयुद्ध दिवस घोषणा र त्यस क्रममा मारिएकाको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि विप्लव प्रचण्डप्रति नरम देखिनु भएको हो ।

यस्तै, आजको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा विषयमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mohan Bsk

    June 22, 2023, 3:40 p.m.

    "बेल पाक्यो बेल पाक्यो.................जब देश र जनता,राष्ट्र र राष्ट्रियता को हितमा विकास निकास र सु शासन दिने र त्यस्ता कार्य गर्ने कार्यदिशा बाट बिचलित भएर तितरबितर हुँदै सिद्धान्त, बिचार र स्पष्ट मार्ग नै नभए पछि सचेत, प्रगतिशील र देशभक्त जनताले पनि पत्याउन छोड्ने नै भए, त्यसैले अर्थ हिसाबको भागबन्डा मिलाएर एउटै मार्गमा एककार्कोको रक्षा गर्दै हिड्नु पर्ने बाध्यता देखियो, त्यसैको फलस्वरूप मोर्चा बन्यो।मोर्चा पुर्णतः हिजोको दशवर्षे युद्धमा राष्ट्र तथा अन्तर्राष्ट्रिय मानवाधिकार कानुन र जनहित विपरीत गरिएका अपराधीक कार्य एवं एकाएक गरेर संसदिय भड्खालोमा जाकिएर रमाउदै,मिलेर देश र जनता,राष्ट्र र राष्ट्रियताको हित विपरीत गरेका विभिन्न कार्य, गोप्य वा सामुहिक संधी सम्झौता,(लगायत MCC, SPP, नागरिकता विधेयक आदि) देश र जनताको आर्थिक हिनामिना, सत्ता ,शक्ति , कुर्चि , बन्दुक, बल र डरत्रास को आडमा गरिएका अनगिन्ती गैरकानुनी ,क्रियाकलाप र लापरबाही आदि को कहि न कतै त हिसाब लेखा जोखा जनता र ईतिहास संग होला र चुकाउनु पर्ने पनि होला, त्यसै बाट पन्छिने, सके सम्म बच्ने अहिलेको एकता र मोर्चा सर्बोत्तम हुनुपर्छ ।भन्ने जनाड्कालबाजि चर्चामा छ । जब खडेरी लाग्छ, तब नदि सुक्दै जाँन्छ,त्यतिबेला जता पानी जम्म भएको ताल वा रोअँटो छ माछा उतै जाने त हो । देश जनता,राष्ट्र र राष्ट्रियताको विकास समृद्धि, उन्नति, आन्दोलन, क्रान्ति, युद्ध र समाजवाद ल्याउने रोजगार,देश र जनता आत्मनिर्भर यी सब देखाउने खाली बोतलको लेबल खोल हो भित्र माल २०४७ साल भन्दा पहिल्यैका भोका नाँगा,गाँस र बास मागेहरुले सोझा साझा जनतालाई गुमराह गर्दै आन्दोलन मा हुमेर आफ्नो मनको आशा, ईच्छा र आकँक्षा लाई २०४७ यता आएपछि सत्ता,शक्ति र कुर्चीमा रमाउदै स्वार्थी राजनीति को खेलमा उल्झाईदिदै र आफ्ना ति आशा,आकांक्षा र मनमानी पूरा गरेका छन, देश,जनता र विश्वले नजिकै बाट निहालेका छन देश र जनताले प्रत्यक्ष भोगेका छौ । सबै उस्तै छन । प्रम प्रचण्ड ज्युको हालै ईन्डियाको भ्रमण को दौरान ईन्डियाका SD Muni ज्युले नेपालका पत्रकार ऋषि धमाला ज्यु संगको अन्तर्वार्ता मा हाम्रा मन्त्री ,नेताहरू र अहिले सम्म पालैपालो पटकपटक सत्तामा गएका सत्ताधारी सबैको धोती खोलिदिएका छन त (खास गरेर कम्युनिस्ट खोल ओढ्नेहरु भनेरै) अन्तर्राष्ट्रिय स्तरमा यिनि नेताहरुको इज्जत देशमा गरेका राम्रा कामको आधारमा,देश र जनताको विकास, कार्य योजना,परियोजना र प्रगतिको आधारमा र देशमा साकारात्मक प्रभाव कत्तिको छ को आधारमा हुने गरिदो रहिछ, हामिले पनि कुनै देशको शिर्ष स्तरको पाहुना आउदा उसको देश,स्थिति, उसको देशमा जनप्रभाव ,उसले आफ्नो देश र जनता प्रति गरेको योगदान,लगानी, गरेका राम्रा कार्य प्रगती र प्रभाव सम्झने गर्दछौ ।हाम्रा नेताहरूले त दशवर्षे जनयुद्ध , १४ वर्ष जेल, लामो समय पार्टीमा आबद्ध र संघर्ष गरेको बाहेक अन्य के छ भन्ने देखाउने ? तसर्थ : यो दुई नेताहरू को वार्ताले हाम्रो देश प्रती ईन्डियाको हेपाई, धाबा र थुप्रै थिचो मिचो,झुटो दादागिरीको नक्सा बारे,मिचिएको जमिन र सभ्यता आदि को साथै देश र जनताको दैनिकी र अन्य महत्त्वपूर्ण समस्याको सामाधान आदि बारे केही गहन र गम्भीर छलफल गरेर कुनै निष्कर्ष र टुङ्गो मा पुगेको हो र ? त्यो हेपाईको लाई दह्रो झापट दिने साहस देखाईएको छ ? होइन, छैन । जनतालाई साहसी ईमान्दार देशभक्त,सच्चा नेपालीको खाँचो छ कुनै भोगी नेता होइन । अहिले त सबै .............. न तेरे वस मे है सनम न मेरे वस मे ......... त्यसैले "बेल पाक्यो बेल पाक्यो,कागलाई हर्ष न उल्लास "

  •  0 Reply

तपाईको प्रतिक्रिया