नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरूले सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ काे बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनु भयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएरमात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरू सबैले कडाइका साथ कुरा उठाउनुभएको छ । उहाँहरूले यथास्थितिमा यो बजेट पारित गर्नु हुन्न भन्ने बताउनुभएकाे छ । गठबन्धनमा रहेका सबै दलहरूका बीचमा छलफल गरेर, साझा ढङ्गले बसेर छलफल गर्नुस् भन्ने खालको कुरा भएको छ । सन्तुलित बनाएरमात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’
सांसद पाण्डेले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताउनुभयो । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाइ छ । आउँदा दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल र नागरिकसँगको सल्लाहमा ल्याएको प्रतिवेदनविना बजेट बनाउन नहुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।