नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
कैलाली - धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि कुल एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ रुपैयाँको राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ ।
हिजाे भएको नगरसभाको दशौँ अधिवेशनमा उपमहानगरपालिकाका उपमेयर कन्दकलाकुमारी रानाले आउँदाे आर्थिक वर्षका लागि राजस्व र खर्चको विवरण प्रस्तुत गर्नुहुँदै कुल खर्चमध्ये चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार एक सय ५५ रुपैयाँको अनुमान गरिएको बताउनुभयो ।
कुल बजेटमध्ये सबैभन्दा बढी सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख पाँच हजार दुई सय २२ रुपैयाँ (कुल बजेटको ४४ दशमलव २० प्रतिशत) छुट्याइएको छ । व्यय चालु खर्च एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार एक सय ५५ रुपैयाँ रहेको छ ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको आयतर्फको स्रोतमा आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार दुई सय १८, राजस्व बाँडफाँट ४६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण (नेपाल सरकार) ९२ करोड ८५ लाख रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश सरकार) पाँच करोड ३२ लाख १२ हजार र सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
चालु आवको आय र व्ययको अनुमान भन्दा आउँदाे आर्थिक वर्ष २०८०/८१ को आय र व्ययको अनुमान आठ लाख ९९ हजार सात सय ८२ रुपैयाँले कम छ ।
नगरसभाका अध्यक्ष एवं उपमहानगर मेयर गोपाल हमालको अध्यक्षतामा भएको बैठकमा प्रस्तुत राजस्व र व्ययको वार्षिक बजेटमा अतिक्रमित सार्वजनिक सम्पत्तिको व्यवस्थापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत पूर्वाधारमा नगरवासीको सर्वसुलभ पहुँच, कृषि, पशुपन्छी, उद्योग र पर्यटन क्षेत्रको व्यावसायिकीकरण, दिगो पूर्वाधार विकास, सरसफाइ तथा सहरी विकास लगायतलाई प्राथमिकता दिइएको छ ।
उपमहानगर क्षेत्रलाई सुरक्षित, सहिष्णु, व्यवस्थित र समुन्नत नगरका रुपमा विकास गर्नका लागि ‘हाम्रो धनगढी स् हामी बनाऔँ’ भन्ने नारासहित गएकाे वर्षदेखि अभियान सञ्चालनमा छ । अभियानअन्तर्गत उज्यालो धनगढी अभियानका क्रममा सडक बत्ती, बर्खायाममा हुने डुबान निकासको व्यवस्था र सडकको स्तरोन्नति लगायतका पूर्वाधारका काम भइरहेका छन् ।
उपमहानगरपालिकाले ‘सुख, शान्ति र समृद्धिको सहर : धनगढी महानगर’ भन्ने दीर्घकालीन सोच राखेको छ । झन्डै दुई लाख पाँच हजार जनसङ्ख्या रहेको यो उपमहानगरपालिका क्षेत्रका ग्रामीण वडाहरु अझै पनि उचित बाटो, खानेपानी लगायतका विकासका पूर्वाधार पुग्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।