वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियाे ३ सय ७५ रनकाे लक्ष्य

 असार ११, २०८० सोमबार १६:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनकाे विशाल लक्ष्य दिएकाे छ । 

जिम्बावेकाे हरारेमा टस हारेर ब्याटिकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायाे । वेस्ट इन्डिजका निकाेलस पूरनले शतक बनाए । उनले ६५ बलमा ९ चाैका ६ छक्कासहित नटआउट १ सय ४ रन जाेडे । यस्तै ब्रान्डन किङले ७६, जाेनसन चार्ल्सले ५४, कप्तान तथा विकेटकीपर शाई हाेपले ४७ र कीमाे पाउलले नटआउट ४६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीदे र सकिब जुलफिकरले २/२ विकेट लिए ।

नेदरल्यान्ड्सले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया