जिम्बावेले अमेरिकालाई ३ सय ४ रनले हरायाे

 असार ११, २०८० सोमबार १८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनकाे फराकिलाे अन्तरले हराएकाे छ । 

जिम्बावेले दिएकाे ४ सय ९ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे अमेरिका २५ ओभर १ बलमा १ सय ४ रनमा अलआउट भयाे । अमेरिकाका अभिशेक परदकरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगरभा र सिकन्दर राजाले २/२ विकेट लिए ।

यसअघि घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायाे । जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए । उनले १ सय १ बलमा २१ चाैका र ५ छक्का प्रहार गरे । यस्तै जाेएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए । बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए ।

यो एकदिवसीय अन्तर्राष्ट्रियमा रनकाे आधारमा दोस्रो सबैभन्दा फराकिलाे अन्तरकाे हार हाे । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलाे अन्तरकाे हार श्रीलङ्काले बेहाेरेकाे छ । गएकाे जनवरीमा भारतले घरेलु मैदानमा भएकाे खेलमा श्रीलङ्कालाई ३ सय १७ रनले हराएकाे थियाे ।

याे हारसँगै अमेरिका प्रतियाेगितामा जितविहीन बनेकाे छ । अमेरिका ४ वटै खेलमा पराजित भएकाे हाे । जिम्बावे भने प्रतियाेगितामा अपराजित बन्याे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया