नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डाै आइपुग्नुभएकाे छ ।
ज्याक मा आज मङ्गलवार दिउँसाे बाेइङ ३७६ विमानमार्फत काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयाे ।
ज्याक मा अन्य सात जनाकाे टाेलीसहित काठमाण्डाै आउनुभएकाे त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटाैलाले बताउनुभयाे । स्राेतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।
ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए । याे कम्पनीको बजार मूल्य अहिले एक खर्ब डलरभन्दा माथि पुगेकाे छ । अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हाे । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।