नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा : थाईल्यान्ड ४४ रनमा अलआउट

 असार १३, २०८० बुधबार ११:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ ।

आज भएको खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो ।

जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो ।

थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । अरु ९ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ विकेट लिए । अभिषेक तिवारीले २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।

समूह ‘ए’ बाट नेपाल र मलेसिया सेमिफाइनलमा पुगे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाई ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया