नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
सोलुखुम्बु - योङ्ग स्टार क्लब सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल ब्याडमिन्टन संघको सहयोगमा यही असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको छ । जसमा खुला पुरुष डबल, खुला महिला डबल, सोलुखुम्बु जिल्लास्तरीय पुरुष डबल, खुला भेट्रान पुरुष डबल र १५ वर्षमुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता रहेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताको खुला पुरुष डबल र खुला महिला डबलमा पहिलो र दोस्रो हुनेले ३५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रो हुने दुई टिमले १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछन् ।
यस्तै सोलुखुम्बु जिल्लास्तरीय पुरुष र खुला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा पहिलो र दोस्रो हुनेलाई २० हजार र १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने तेस्रो हुने दुई टिमलाई ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । १५ वर्षमुनिको पुरुष सिंगल ब्याडमिन्टनका पहिलो र दोस्रो हुनेले १५ हजार र सात हजार प्राप्त गर्दा तेस्रो हुने दुई जनाले ३५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
सबै विधाका विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ । प्रतियोगिताको खुला पुरुषतर्फ नेपाल ब्याडमिन्टन संघको वरीयता २० भित्र पर्ने खेलाडीहरू सहभागी हुन पाउने छैनन् भने सोलुखुम्बु जिल्लास्तरीय खेलमा प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा भाग लिई विजयी (पहिलो, दोस्रो र तेस्रो) भएका खेलाडीहरू सहभागी हुन पाउने छैनन् । सोलुखुम्बुमा अहिले कार्यरत कर्मचारीहरु भने कार्यालयको सिफारिस र परिचयपत्रको आधारमा प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रदेश मन्त्री, सांसदका साथमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरूसमेत उपस्थित हुनेछन् । प्रतियोगिताको सबै पाँच विधामा गरी झन्डै दुई सय जना खेलाडी सहभागी हुने बताइएको छ।
प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई सहभागिताको प्रमाणपत्र र टी-सर्ट प्रदान गरिनेछ । सहभागी हुन चाहने खेलाडीहरूले योङ्ग स्टार क्लबको अफिसियल फेसबुक पेज र वेबसाइटबट फाराम डाउनलोड गरी असार १९ गते दिउँसो १२ बजेभित्र आयोजकसमक्ष उपलब्ध गराउनु पर्नेछ । सहभागिताका लागि सिंगलतर्फ एक हजार र डबलतर्फ दुई हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने क्लबले अनुमान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।