कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की...
मंसिर १३, २०८१ बिहिबार
सामाजिक सञ्जाल, बैंकिङ काराेबार र भुक्तानी प्रणालीहरुमा राखिने पासवर्डले भर्चुअल साँचाेकाे काम गर्छ । डेटासहित निजी जानकारी सुरक्षित राख्न हामी हाम्रा पासवर्ड गाेप्य राख्न चाहान्छाैँ । बलियाे पासवर्डले हामीलाई साइबर अपराधी र साइबर आक्रमणबाट बचाउन सक्छ । बलियो पासवर्ड हाम्राे डिजिटल जीवनका महत्त्वपूर्ण पाटा हुन् ।
बलियो पासवर्ड कसरी बनाउने ?
१. लामो पासवर्ड राख्ने
धेरै वेबसाइटहरूमा पासवर्डका लागि न्यूनतम शब्द, सङ्ख्या वा चिह्न (क्यारेक्टर) काे गणना हुन्छ, तर हामीले जति लामो पासवर्ड छनाेट गर्याैँ, ह्याकरलाई ह्याक गर्न त्यति नै गाह्रो हुन्छ।
२. बलियाे पासवर्ड छनाेट गर्दा ध्यान दिनुपर्ने कुराहरु
• छोटो पासवर्डहरू धेरै छिटो क्र्याक हुन सक्छन्। पासवर्ड बनाउँदा कम्तीमा १० वटा वर्णहरूकाे प्रयोग गर्नुपर्छ ।
• अङ्क, क्यापिटल अक्षर (capital letters), सानो अक्षर (lowercase letters), र चिह्नकाे (symbols) प्रयाेग गरी पासवर्ड बनाउँदा ह्याकरलाई अनुमान गर्न गाह्रो हुन्छ ।
३. Random शब्दहरुको combination बनाउने
यसका लागि सम्झन सजिलो हुने खालका पासवर्ड बनाऔँ । उदाहरणका लागि :
• हामीले नबिर्सने खालकाे कुनै एउटा लाइन छानाैँ, जस्तै "2072 sal ko bhukampa aauda ma 21 barsako thiye " त्यसपछि यसलाई, "2072skbam21bt" बनाइ त्यसमा अक्षरहरू, अङ्कहरू र विराम चिह्नहरूकाे प्रयोग गरेर लामाे तथा सुरक्षित पासवर्ड बनाउन सकिन्छ ।
• कुनै अनियमित (Random) तीन शब्दहरू, जस्तै: copy, 10, pashupati वा कुनै मिति छानाैँ, ती शब्दहरू मिलाऔँ र त्यसपछि यसलाई 10copypashupati जस्तै: विभाजन गराैँ । त्यसपछि, प्रत्येक अक्षरलाई अपरकेस गरी केही unique characters थप्दा अझ जटिल पासवर्ड बनाउन सकिन्छ ।
जस्तै :10CopyP@shupat!
५. पासवर्डमा निजी जानकारी समावेश नगर्ने
अनलाइनमा, प्रायजसाेले व्यक्तिगत जानकारी प्रयोग गरेर पासवर्डहरू राख्ने गर्छन्, जुन पूर्णरूपमा असुरक्षित छ। पासवर्डमा निम्न जानकारी समावेश गर्नु हुँदैन।
• जन्म मिति
• मोबाइल नम्बर
• प्रयोगकर्ता नाम
• उपनाम
• जन्म स्थान आदि
साइबर अपराधीहरूले सजिलैसँग हाम्राे सोसल मिडियामा हेरेर वा खोजतलास गरेर यो जानकारी फेला पार्न सक्छन्, त्यसैले यस्ता खालका व्यक्तिगत जानकारी पासवर्डमा समावेश गर्नुहुँदैन ।
६. पासवर्ड Generator Tool को प्रयोग गर्ने
यदि नयाँ पासवर्ड बनाउन गाह्राे भएकाे छ भने यस्ताे बेला विभिन्न पासवर्ड Generator Tool हरुकाे प्रयाेग गर्न सकिन्छ । यिनीहरुकाे प्रयाेगबाट सहजै पासवर्ड बनाउन सकिन्छ ।
केही चर्चित पासवर्ड Generator Tool :
• Norton
• Strong password Generator
• Lastpass
• MSD Services
• Safepasswd
६. क्रमागत शब्द वा सङ्ख्या (Sequential letter वा Number) काे प्रयाेग नगर्ने
धेरैजनाले क्रमागत शब्द वा सङ्ख्याकाे प्रयाेग गरी पासवर्ड बनाउँछाैँ । जस्तै: 12345, abcde, qwerty, र 2580 । यस्ता खालका पासवर्ड ह्याकरले छिट्टै क्र्याक गर्न सक्छन् । ह्याकरलाई यी पासवर्डहरू बुझ्न र ह्याक गर्न सजिलाे हुन्छ ।
७. सबै खाताहरूको लागि एउटै पासवर्डकाे प्रयोग नगर्ने
इन्टरनेट प्रयोगकर्ताहरूसँग धेरै खाताहरू हुनसक्छन् । सबै खाताहरूको पासवर्ड सम्झन गाह्राे हुन्छ । त्यसैले प्रयोगकर्ताहरूले प्रायः आफ्नो धेरै खाताहरूको लागि समान पासवर्डहरू बनाउँछन् । तर यस्ताे गर्दा ह्याक हुने सम्भावना धेरै हुन्छ ।
एउटै पासवर्ड राख्दा एउटा अकाउन्टकाे पासवर्ड ह्याक भए अरु अकाउन्टहरु पनि ह्याकरकाे अनधिकृत पहुँचमा पुग्न सक्छ । यदि आफू सुरक्षित हुन चाहन्छाैँ भने आफ्नो प्रत्येक खाताको लागि छुट्टै पासवर्ड बनाउनुपर्छ ।
८. आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्ने
हामीले बेलाबेला पासवर्ड परिवर्तन गर्नुपर्छ । साइबर सुरक्षा विशेषज्ञहरूले पनि हरेक तीन महिनामा पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । पहिल्यै प्रयोग भएको पासवर्ड फेरि प्रयोग गर्नुहुँदैन ।
९. सकेसम्म टु-फ्याक्टर प्रमाणीकरण (2FA)काे प्रयोग गर्ने
टु-फ्याक्टर प्रमाणीकरण (2FA) ले हामीले लगइन गरिरहेकाे कुनै पनि खातालाई थप सुरक्षित बनाउने काम गर्छ । ह्याकरले पासवर्ड क्र्याक गर्न खाेजे पनि खाताकाे प्रमाणीकरणका लागि थप स्तर चाहिन्छ । टु-फ्याक्टरले खातालाई दाेहाेराे तरिकाले सुरक्षित राख्ने गर्छ ।
पासवर्ड हालिसकेपछि पनि, हामीले आफ्नो पहिचान प्रमाणित गर्न अनुरोध गरिएका अन्य चिजहरू भर्नुपर्छ । उदाहरणका लागि, इमेल वा फोन नम्बरमा पठाइएको ओटीपी (OTP), गोप्य कोड, सुरक्षा प्रश्नहरूको जवाफ, एपहरू, आदि आउने गर्छ । टु-फ्याक्टर प्रमाणीकरणले धेरै हदसम्म खातालाई सुरक्षित राख्न मद्दत पुर्याउँछ ।
समग्रमा, हामीले आफ्नो पासवर्डहरू जतिसुकै सुरक्षित बनाउन प्रयास गरे पनि ह्याकरहरूले अनुमान लगाउने प्रयास गर्छन्। त्यसैले सम्भव भएसम्म बलियो पासवर्डकाे सिर्जना गर्नुपर्छ ।
सामान्य पासवर्ड, फिसिङ इमेलहरू, तथा आफ्नाे पासवर्डबारे जानकारी सोध्ने भिशिङ कलहरूबारे सचेत रहनुपर्छ । हाम्राे पासवर्ड, जन्म मिति, ठेगाना वा क्रेडिट कार्डकाे विवरणहरूसहित कुनै पनि व्यक्तिगत जानकारी कसैलाई पनि दिनुहुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उपाध्याय सूचना तथा प्रविधिका विद्यार्थी हुनुहुन्छ ।
Gorakh bk
July 1, 2023, 8:50 p.m.Strong password