नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभा बैठक चलिरहेको छ ।
प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई मत नदिएमा प्रदेश मध्यावधि चुनावमा जाने र त्यो चुनावलाई नागरिकले स्वीकार गर्लान् कि नगर्लान् भनेर प्रश्न सोध्नुभएको छ । उहाँले आफूलाई मत नदिएमा कुनै पनि राजनीतिक अङ्क गणितले सरकार बन्न नसक्ने भन्दै प्रदेशलाई मध्यावधि चुनावमा जान रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले र राप्रपाका ४६ जना सांसद छन् । एक सिट रहेको जसपालाई फकाउन एमालेले निकै दौडधुप गरिरहेको छ । तर जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ । यस्तै विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४५ सिट रहेको छ ।
कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले आज बिहीवार विश्वासको मत लिन लाग्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।