नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुलाई संसदलाई प्रभावकारी बनाउन आग्रह गर्नु भएको छ । ६५औँ संसद् दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले नागरिककाे अपेक्षा अनुसार संसद् चल्न नसकेको बताउनु भएकाे हाे ।
संसद् जनप्रतिनिधिहरुको सर्वोपरि संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने उहाँकाे भनाइ छ ।
राष्ट्र र नागरिककाे आवश्यकता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अङ्गहरुलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिलाहरु निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने बताउनु भयाे। उहाँले समानुपातिकमा एक पटक ल्याएका महिलाहरुको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरि सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
जनसङ्ख्याको आधारमा पनि महिलाहरुलगायतका अन्य समुदायको संसदमा समानुपातिक रुपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।