साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दै

 असार १९, २०८० मंगलबार ७:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् ।

फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो । भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८  पटक उपाधि जितेको छ ।

लेबनान र कुवेतले यसपटक आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् । साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया