नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – जिम्बावे आईसीसी एकदिवसीय विश्वकपमा पुग्न असफल भएकाे छ । आज मङ्गलवार आईसीसी विश्वकप छनोटअन्तर्गत 'सुपर सिक्स' काे खेलमा स्कटल्यान्डसँग ३१ रनले हारेसँगै जिम्बावेले आउँदाे अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना सकिएकाे हाे ।
स्कटल्यान्डले दिएकाे २ सय ३५ रनकाे लक्ष्य पछ्याएकाे जिम्बावे ४१ ओभर १ बलमा २ सय ३ रनमा अलआउट भयाे । जिम्बावेका रायन बर्लले ८३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै वेस्ले मेधेभेरेले ४० र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले ३ तथा ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले २/२ विकेट लिए ।
जिम्बावे बाहिरिएसँगै अब आउँदाे बिहीवार हुने नेदरल्यान्ड्स र स्कटल्यान्डबीचकाे खेलले 'सुपर सिक्स' बाट विश्वकप पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ । त्याे खेलमा स्कटल्यान्ड विजयी हुँदा साेझै विश्वकपमा पुग्नेछ भने स्कटल्यान्डले हारेमा नेट रनरेटमा माथि रहने टाेली विश्वकपमा पुग्नेछ । अहिले स्कटल्यान्ड दाेस्राे र नेदरल्यान्ड्स चाैथाे स्थानमा छ । जिम्बावे तेस्राे स्थानमा भए पनि उसले सबै खेल खेलिसकेकाे छ । 'सुपर सिक्स' बाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।