राष्ट्रियसभामा एमालेले माग्याे प्रधानमन्त्रीकाे राजीनामा

 असार २०, २०८० बुधबार १५:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ ।

बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो । उहाँले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नुभयो ।

प्रधानमन्त्रीले आफू व्यवसायी सिंहकाे प्रयासमा भारतकाे इसारामा प्रधानमन्त्री बनेकाे अभिव्यक्ति दिएकाले आफ्नाे पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताउनुभयाे ।

नेता दाहालले प्रधानमन्त्रीले आफू आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनुभयो । एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक दिउँसाे ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएकाे छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया