नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्रीले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टीकरण थियो ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटक–पटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्षी दलहरूले राजीनामा माग गर्दै बुधवार संसद् बैठकमा अवराेध गरेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीमाझ त्यस अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नुभएन । उहाँले राष्ट्रिय स्वाभिमान, स्वाधीनतामाथि, संविधानमाथि, संसदमाथि घोर अपमान हुने खालको अभिव्यक्ति दिनुभयो । यसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले उहाँलाई स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले केही पनि राम्रो काम नगरेको जिकिरसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।