विश्वकपमा पुग्न आज नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दै

 असार २१, २०८० बिहीबार ९:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप छनोट सुपर सिक्समा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दैछन् । खेल जिम्बावेको बुलवायोमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। 

नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको यो खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । आजको खेल जितेमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ भने नेदरल्यान्ड्सलाई फराकिलो जित आवश्यक छ ।

आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागिता पक्का भएको छ । छनोटमा चारमध्ये तीन टेस्ट टोली बाहिरिएपछि एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एउटा पुग्ने पक्का भएको हो ।

श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको छ । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न असफल भएका छन् । विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहेर बाहिरिएको छ । नवौँ स्थानका लागि आज यूएई र अमेरिका खेल्दैछन् ।


 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया