स्कटल्यान्डले २ सय ७७ रन बनायाे, विश्वकपमा पुग्न नेदरल्यान्ड्सले ४४ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने

 असार २१, २०८० बिहीबार १६:४१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटकाे 'सुपर सिक्स' खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ७८ रनकाे लक्ष्य दिएकाे छ । 

जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायाे । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले शतक बनाए । उनी १ सय १० बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै कप्तान रिची बेरिङ्टनले ६४ र टाेमस म्याकइनटाेशले नटआउट ३८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए । 

याे खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आजको खेल जितेमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ भने नेदरल्यान्ड्सलाई जितमात्र पर्याप्त हुने छैन । नेदरल्यान्ड्सले स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य ४४ ओभरमा पूरा गर्नुपर्ने हुन्छ । तालिकामा स्कटल्यान्ड दाेस्राे र नेदरल्यान्ड्स चाैथाे स्थानमा छ । 'सुपर सिक्स' बाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया