रवि लामिछानेकाे आजकाे बयान सकियाे
मंसिर १४, २०८१ शुक्रबार
धनुषा - प्रदेश २ सरकारले अपराध न्यूनीकरणका लागि ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले अाइतबार जनकपुरमा आयोजना गरेको समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले हेल्लो सिए एप सार्वजनिक गर्नु भएको हो ।
एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले बढदै गएको महिला हिंसासम्बन्धी घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो सिएम एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेसमेत उल्लेख गर्नुभयो ।
हेल्लो सिएम एपमा आफूलार्इ परेकाे घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।
यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरिसकेपछि अन गरेर आफनो मोबाइल तीन पटक हल्लाएपछि नजिकको प्रहरीकहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशनसमेत जाने व्यवस्था रहेको एपका निर्माता इञ्जिनियर आदित्य राजले जानकारी गराउनु भयो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज कुमारसिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।