नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
डोटी – डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले डोटी जिल्लामा रहेका १५ वटा सरकारी कार्यालयमा छड्के चेक जाँच गर्नु भएको छ ।
सेवा ग्राहकहरुले कार्यालयबाट सेवा लिन समस्या भएको भन्ने गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सुवेदीले आइतबार डोटीमा रहेका कार्यालयमा छड्के हाजिरी चेक जाँच गर्नु भएको हो । छड्के चेक जाँचका क्रममा डोटी जिल्लामा एक सय १६ जना कर्मचारी कार्यालयमा नभएको पाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।
‘हामीले आइतबार कर्मचारी कार्यालयमा भए नभएको बारे छड्के चेक जाँच गरेका छौं, थुप्रै कर्मचारी कार्यालयमा नभएको पाइएकाले किन कार्यालयमा नभएको भन्ने पत्र पठाएका छांै’, उहाँले भन्नुभयो, ‘उहाँको प्रति उत्तरको आधारमा कारबाही हुने छ ।’
जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार डोटीका जिल्ला मालपोत कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा समन्वय समिति तथा जिल्ला जलाधार संरक्षण कार्यालयमा कार्यालय प्रमुख नभएको पाइएको थियो ।
प्रशासन कार्यालयका अनुसार जिल्लामा अधिकृत स्तरका १० जना तथा अन्य एक सय १ जना गरी एक सय १६ जना कर्मचारी अनुपस्थित रहेका छन् । दसैँ बिदामा घर गएका कर्मचारीहरु अहिलेसम्म पनि कार्यालयमा हाजिर नभएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।