साना व्यापारीको व्यवस्थापनकाे माग गर्दै महानगर अगाडि प्रदर्शन

 असार २७, २०८० बुधबार १३:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘इनफ इज इनफ’ ले काठमाण्डौ महानगर अगाडि ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेकाे हाे । 

महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो । 

उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो ।

त्यस्तै, अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनका बारे मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया