नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नयाँ आर्थिक वर्षदेखि चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री लिम्बुले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र त्यहीअनुसार रङ्गशाला निर्माणको काम पनि अघि बढ्ने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भए पनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदाे आर्थिक वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन्छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषदमा रहेकाे २२ कराेडमध्ये १२ कराेड रुपैयाँ धुर्मुस–सुन्तली फाउन्डेशनलाई दिने निर्णय गरेकाे थियाे । सम्भवतः नयाँ आर्थिक वर्षदेखि फाउन्डेशनले अनुदान पाउँछ र रङ्गशालाकाे काम अघि बढ्छ । पहिला फाउन्डेशनले रङ्गशालाकाे काम शुरु गर्ने बेलामा सबैले हाइहाइ गरे तर पछि समस्या आयो । एउटा मान्छेले तीन/साढे तीन अर्ब रुपैयाँको रङ्गशाला बनाउँछ भनेर कसरी सकिन्छ ? त्यो बेला नै सक्दैन भनेको भए हुने थियो । हामीले हौसिएर ताली पिट्ने काम गर्याैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।