नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नाे पहिलाे खेलमा आज शुक्रवार पाकिस्तान 'ए' सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।
आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।
नेपालले दोस्रो खेल भारतको 'ए' टोलीसँग साउन १ गते र तेस्राे खेल यूएईको 'ए' टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह 'बी' मा छ । त्यस्तै समूह 'ए' मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका 'ए' टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।