ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

 असार २९, २०८० शुक्रबार १३:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ । 

शुक्रवार आज बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभएको हो । 

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ । उहाँले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताउनुभयो । उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले जुन ऋण उठाइराखेका छौँ । त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबैभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने चाहिँ के हो भने कति ऋण लियौँ भन्नेभन्दा पनि त्यो ऋण कहाँ खर्च गर्यौँ ? कसरी खर्च गर्यौँ ? त्यो महत्त्वपूर्ण कुरो हो ।'

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया