कोशी प्रदेशकाे सरकार भङ्ग गर्न एमालेको माग

 असार ३०, २०८० शनिबार २०:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (एमाले) ले कोशी प्रदेश सरकार भङ्ग गर्न माग गरेको छ । एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले कोशी प्रदेशमा असंवैधानिक तरिकाले सरकार गठन भएको भन्दै संविधानसम्मत् सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

बैठकले पारित गरेको समसामयिक प्रस्तावमा तटस्थ बस्नु पर्ने सभामुखको हस्ताक्षरमा बनेको उद्धव थापा नेतृत्वको सरकार भङ्ग गर्नुपर्ने उल्लेख छ । कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन आवश्यक पर्नेमा ४६ जना मात्रै पुगेपछि सभामुखको समेत हस्ताक्षरमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेले पारित गरेको ६ बुँदे समसामयिक प्रस्तावमा कोशी सरकार भङ्गसहित पशु चौपायामा लागेको लम्की स्किन रोग नियन्त्रण तथा पशुपालकलाई राहत र मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउनुपर्ने उल्लेख छ।

यस्तै, एमालेले विश्वविद्यालयहरुमा सत्तापक्षीय दलका भ्रातृ सङ्गठनहरुले गरिरहेको हस्तक्षेप रोक्नु पर्ने, मौसमजन्य विपदमा परेकाहरुको उद्धार तथा राहतमा तदारुकता देखाउनुपर्ने, स्वायत्त र गैरराजनीतिक संस्थाहरुमा हस्तक्षेप रोक्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया