नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।
गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक शुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको छ । राप्रपा सांसद खेमादेवी विष्टले पहिले बहिष्कार गर्ने घोषणा गरे पनि पछि बैठकमा सहभागी हुनुभयो ।
सत्तारुढ दलहरुले नै यथास्थितिमा बजेट पारित गर्न नमानेपछि बजेट शंसोधनपछि पारित भएको हो । हिजो दिउँसो सत्तारुढ गठबन्धनको बैठकले प्रदेश सांसदहरुले खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ पुर्याउने, प्रदेश सभा सदस्यको सिफारिसमा योजना समाबेश गर्ने लगायतका सहमति भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।