नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।
अहिले समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरूले बताउँदै आए पनि अहिलेसम्म समितिले सभापति भने पाउन सकेको छैन ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० वटा विधेयक विचाराधीन अवस्थामा रहेको बताउनुभयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एउटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा एउटा, कानुन न्याय तथा मानव अधिकार समितिमा दुई वटा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिनुभयो । त्यसबाहेक प्रतिनिधिसभामा छ वटा विधेयक प्रक्रियामा रहेका उहाँले बताउनुभयो ।
प्रवक्ता गिरीले समिति बैठक अहिलेसम्म गम्भीर प्रकृतिका विषयवस्तुहरूमा प्रवेश नगरेको बताउनुभयो । समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उहाँको भनाइ छ । उहाँले चुनावपछि समितिले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा गम्भीर प्रकृतिका विषयवस्तुहरूमा समिति अहिले प्रवेश गरिहालेको अवस्था पनि देखिँदैन । सभापतिको चुनाव भइसकेपछि सभापतिले नै समिति चलाउँदा समितिको सक्रियता, प्रभावकारिता अभिवृद्धि भएको पहिला पनि देखिएकै हो ।’
प्रवक्ता गिरीले समितिहरूमा सार्वजनिक हित र सरोकारका विषयमा उजुरीहरू परिराखेका पनि बताउनुभयो । उहाँले समितिले उजुरीमाथि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने बताउनुभयो । यसअघिकै कतिपय उजुरीहरू पनि यथावत् रहेका र नयाँ उजुरीहरू पनि परिरहेका गिरीकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।