नेपालले भारत 'ए' लाई दियाे १ सय ६८ रनकाे लक्ष्य

 साउन १, २०८० सोमबार १७:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत 'ए' लाई १ सय ६८ रनकाे मध्यम लक्ष्य दिएकाे छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । राेहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, साेमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशाेर महताे २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए ।

बलिङतर्फ भारत 'ए' का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया