नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियाे

 साउन १, २०८० सोमबार १९:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ६८ रनकाे सामान्य लक्ष्य भारत 'ए' ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायाे । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान राेहित पाैडेलले १ विकेट लिए । 

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । राेहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, साेमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशाेर महताे २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए ।

बलिङतर्फ भारत 'ए' का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

याे हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएकाे छ । समूह 'बी' मा रहेकाे नेपाल पहिलाे खेलमा पाकिस्तान 'ए' सँग ४ विकेटले पराजित भएकाे थियाे । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई 'ए' सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेकाे छ । याे समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । 

समूह 'ए' मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काकाे 'ए' टाेली रहेका छन् । याे समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टाेलीकाे टुङ्गाे लागिसकेकाे छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रतियोगिताको फाइनल खेल साउन ७ गते आइतवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया