कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक 'लाइभ'

 साउन २, २०८० मंगलबार १४:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो ।

झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा महामन्त्री गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा र्‍याखर्‍याख पार्ने तयारी गरेको छ । केही समय पहिले देउवाविरुद्ध निकै आक्रोशित हुने शेखर कोइराला समूह भने पछिल्लो समय केही संयमित देखिएको छ । संस्थापन पक्षले भने प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएको लगायत विषय उठाउँदै छ ।

कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।

हिजो साेमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया